विराटनगर। कोशी प्रदेश सभाको साउन ७ गते बस्ने भनिएको बैठक साउन ११ गतेलाई सरेको छ। सोमबारको दिन कोशी प्रदेश सभाले सूचना जारी गर्दै साउन ७ गते दिउँसोको १ बजे बस्ने भनिएको सातौँ अधिवेशनको २४ औँ बैठक साउन ११ गते १ बजेलाई सारेको हो।
प्रदेश सभाका कार्यवाहक प्रदेश सचिव गौतमराज अमात्यले जारी गर्नु भएको सूचनामा कोशी प्रदेश सभा नियमावली ६ को उपनियम (३) बमोजिम बैठक सारिएको उल्लेख गरिएको छ।
हाल प्रदेश सभाको सातौँ अधिवेशन चलिरहेको छ।

