विराटनगर। राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको अतिरिक्त कार्यभार मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई तोक्नु भएको छ। नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकको सिफारिस बमोजिम राष्ट्रपतिपति पौडेलले भण्डारीलाई कार्यभार तोक्नु भएको हो।
कोशी प्रदेश प्रमुख परशुराम खापुङ्ग मलेसियामा आयोजना हुने नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको चौथो अधिवेशनमा प्रमुख अतिथिको रूपमा सहभागी हुन जाने भएपछि भण्डारीलाई कोशी प्रदेश प्रमुखको पनि जिम्मेवारी तोकिएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख छ।

प्रदेश प्रमुख भण्डारीलाई साउन १८ गते देखि खापुङ्ग उपस्थित नभए सम्मका लागि कार्यभार तोकिएको हो।


