विराटनगर। कोशी प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। आज दिउँसो १ प्रदेश सभाको सातौँ अधिवेशनको ३४ औँ बैठक बस्ने भएको हो।
प्रदेश सभा सचिवालयका कार्यवाहक सचिव गौतम राज अमात्यले आज बस्ने बैठकमा कोशी प्रदेश सरकारले प्रदेश सभा दर्ता गराएको ‘कोशी प्रदेशमा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक’ मा सैद्धान्तिक छलफल हुने बताउनु भएको छ।
कोशी प्रदेश सरकारले लिम्बू र मैथिली भाषालाई प्रदेशको कामकाजको भाषा बनाउने गरि प्रदेश सभामा विधयेक दर्ता गराएको छ। प्रदेश सभामा दर्ता भएको विधयेकले बान्तवा, चाम्लिङ र थारू भाषा नसमेटेको भन्दै प्रदेश सभा भित्र र बाहिर प्रदेश उठ्न थालेको छ।


