विराटनगर। सङ्घीय संसद्को शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा छलफलको अन्तिम चरणमा रहेको विद्यालय शिक्षा सम्बन्धी विधयेकप्रति असहमति जनाउँदै निजी विद्यालयका छाता संगठन प्याब्सन र एनप्याब्सन ५ बुँदे माग अघि सार्दै आन्दोलनमा उत्रिएका छन्। आज काठमाडौँ स्थित माइतीघर मण्डलामा शिक्षा विधयेकका प्रस्तावित प्रावधानप्रति असहमति जनाउँदै निजी विद्यालय सञ्चालकहरू आन्दोलनमा उत्रिएका हुन्।
बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै प्याब्सन र एनप्याब्सनका प्रतिनिधिले विधयेकमा पूर्ण छात्रवृत्ति शब्द हटाउनु पर्ने, विद्यालयमा उत्पादन नहुने पोशाक, शैक्षिक सामग्री, खाजा-खाना उपलब्ध गराउनु पर्ने, छात्रवृत्ति वितरणको अधिकार विद्यालयमा हुनुपर्ने, कम्पनी ऐन अनुसार सञ्चालन भएका निजी विद्यालय गैरनाफामूलक बनाउने र छात्रवृत्ति सम्बन्धी ऐन २०२१ को दफा ३(१), नियमावली, २०६० को नियम १०(क) र २०७७ संसोधन ऐन अन्तर्गतको विभेदकारी प्रावधान खारेज गर्नु पर्ने माग सरकार र समिति समक्ष प्रस्तुत गरेका थिए।

आज माइतीघरमा प्रदर्शन र कोणसभा सहित सम्पन्न भएको आन्दोलनको कार्यसूची अनुसार भोलि देशैभरिका निजी विद्यालयका बसहरू नजिकैको चोकमा भेला उतारी नगरपरिक्रमा गर्ने र काठमाडौँमा चक्रपथ वरिपरि २७ किमीमा कालो झन्डा र ब्यानर सहित प्रदर्शन गर्ने सङ्घीय संसद् घेराउ गर्ने र आठ गते देखि निर्णायक आन्दोलन गर्ने जनाइएको छ।


