विराटनगर । विराटनगरमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समिती, अन्तर्राष्ट्रिय वित्तीय संस्था (आईएफसी) र युरोपियन युनियनको आयोजनामा तथा नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशको सहकार्यमा वातावरण र सामाजिक सुशासनसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता गर्दै नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले वातावरणीय उत्तरदायित्व र सामाजिक सुशासन आजको विश्वव्यापी व्यावसायिक जगतमा अत्यन्त महत्वपूर्ण अवधारणा बनिसकेको उल्लेख गर्दै अब लगानीकर्ताहरू केवल नाफा र घाटामात्र नभएर कम्पनीले अपनाएको सामाजिक उत्तरदायित्व, वातावरणमैत्री अभ्यास र सुशासनको आधारमा पनि निर्णय लिने गरेको बताउनु भयो।
राउतले कोशी प्रदेशमा पनि यी अभ्यासहरूलाई आत्मसात गर्न सके प्रदेशलाई लगानीका लागि आकर्षक गन्तव्य बनाउने सम्भावना रहेको धारणा व्यक्त गर्दै नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले पछिल्ला वर्षहरूमा वातावरणीय र सामाजिक सुशासनसँग मेल खाने कार्यक्रमहरू सञ्चालन गर्दै आएको, विशेषतः साना तथा मध्यम उद्योगहरूको प्रवर्धनमा योगदान दिँदै आएको जानकारी गराउनु भयो।
कार्यक्रमको दोस्रो सत्रमा आईएफसीका यजस्वी श्रेष्ठले आईएफसी को परिचय, नेपालमा सञ्चालन भइरहेका कार्यक्रमहरू तथा अन्तरक्रियाको उद्देश्यबारे कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । त्यस्तै, आईएफसीका लोपा रहमान र सोफिया टामोटले व्यवसायिक सुशासन, वातावरणीय चुनौतीहरू र सामाजिक जिम्मेवारीका विषयमा छुट्टाछुट्टै प्रस्तुती दिनु भएको थियो।
कार्यक्रममा मोरङ उद्योग वाणिज्य संघका उपाध्यक्ष अनिल सारडाले उद्योगहरूको वर्तमान अवस्था र क्ष्ँऋ मापदण्डबारे प्रश्न राख्नु भएको थियो भने ग्रिन यार्ड एग्रो फार्मका सञ्चालक गिरीराज वस्नेतले कृषि क्षेत्रमा विशेषगरी गाईपालनमा देखिएका वातावरणीय जोखिमबारे धारणा व्यक्त गर्नु भएको थियो।
अन्तरक्रियामा कोशी प्रदेशका जिल्ला र नगर उद्योग वाणिज्य संघका प्रतिनिधिहरू, विभिन्न उद्योग प्रतिष्ठानका सञ्चालकहरू सहित करिब ५० जना सहभागी थिए।


