विराटनगर । जेन-जी पुस्ताको आह्वानमा भएको प्रदर्शन हाल विराटनगरमा जारी रहेको छ। विराटनगर स्थित संसारी माईस्थानबाट सुरु भएको प्रदर्शन रोडशेष चोक, जिल्ला प्रशासन कार्यालय, मोरङ अगाडि, विराटनगर महानगरपालिका अगाडि देखि हुँदै हाल हाटखोला स्थित कोशी प्रदेश सभा अगाडि केन्द्रित भएको छ।

आज बिहान ११ बजे देखि सुरु भएको प्रदर्शन विराटनगर क्षेत्रका विभिन्न स्थानमा प्रदर्शन गर्दै हाल कोशी प्रदेश सभा अगाडि केन्द्रित भएको छ। निषेधित क्षेत्र रहेको प्रदेश सभा भवन अगाडिको प्रहरीको ब्यारीकेड तोड्दै प्रदर्शनकारी हाल प्रदेश सभा भवन अगाडि प्रदर्शन गरीरहेका छन्।

निषेधित क्षेत्र तोड्द केही समय प्रहरी र प्रदर्शनकारी युवाबिच घम्साघम्सी समेत भएको थियो। जेन-जी पुस्ताको सक्रिय सहभागिता रहेको प्रदर्शनमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल र विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला विरुद्ध समेत नाराबाजी भएको थियो।


