विराटनगर। जेन-जी पुस्ताको आन्दोलनमा देशभरकै सुरक्षा व्यवस्था अस्तव्यस्त भएपछि जारी रहेको निशेधाज्ञा र कर्फ्यु मोरङमा आज केही सहज बनाइएको छ। आज जिल्ला प्रशासन कार्यालय मोरङले आज साँझको ७ बजे देखि भोलि बिहानको ५ बजे सम्म कर्फ्यु आदेश जारी गरेको हो।
मंगलबार देखि साँझको ५ बजे देखि कर्फ्यु लागु गर्दै आएको प्रशासनले आज साँझको ७ बजे देखि कर्फ्यु आदेश जारी गरेको हो।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जारी गर्नु भएको कर्फ्यु आदेशमा आज बिहानको १० बजे देखि ४ बजे सम्म जिल्लाभर निशेधाज्ञा र साँझ ७ बजे देखि भोलि बिहानको ५ सम्म कर्फ्यु जारी रहने उल्लेख गरिएको छ।

निशेधाज्ञाको समयमा सार्वजनिक स्थानमा ५ जना भन्दा बढी भेला हुन नपाइने उल्लेख गरिएको छ भने कर्फ्युको समयमा दमकल, एम्बुलेन्स, शववहान, स्वास्थ्यकर्मी बाहेक कुनै पनि जुलुस, भेला र धर्ना गर्न नपाइने उल्लेख छ।
आज दिउँसोको ४ बजे देखि ७ बजे सम्म र भोलि बिहानको ५ देखि १० बजे सम्मलाई जिल्लाभरि आवतजावत भने खुल्ला गरिएको छ।


