विराटनगर। प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनियताको लिनु भएको छ। आज शीतल निवासमा प्रधानमन्त्री कार्कीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शपथग्रहण गर्नु भएको हो।
आज राष्ट्रपति पौडेलले कार्कीलाई संविधानको धारा ६१ को उपधारा ३ र ४ मा अन्तर्निहित राष्ट्रध्यक्षको अधिकार प्रयोग गर्दै प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको थियो। संविधानको धारा ६१ को उपधारा ३ मा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने र उपधारा ४ मा संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ भनेर उल्लेख गरिएको छ।
सोमबार र मंगलबार देशभर चर्किएको जेन-जी पुस्ताको आन्दोलनका कारण पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएको र संसद भित्रबाट सरकार निर्माणमा आन्दोलनरत असहमत भएकोले पूर्व प्रधानन्यायाधीश कार्कीलाई राष्ट्रपति पौडेलले प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको थियो।


