विराटनगर। राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त तीन मन्त्रीहरूलाई शपथग्रहण गराउनु भएको छ। आज शीतल निवासमा राष्ट्रपति पौडेलले तीन नवनियुक्त मन्त्रीहरूलाई शपथग्रहण गराउनु भएको हो।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा नवनियुक्त मन्त्रीहरू रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई पौडेलले शपथग्रहण गराउनु भएको हो । अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीको आइतबार साँझ तीनजनालाई मन्त्रीमा नियुक्त गर्नु भएको थियो ।
नवनियुक्त मन्त्रीहरूमध्ये खनाललाई अर्थ, घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास, अर्याललाई गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
बाँकी मन्त्रालयको कार्यभार प्रधानमन्त्री कार्कीले नै सम्हाल्नु भएको छ ।


