विराटनगर। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नियुक्त ४ मन्त्रीहरूले सोमबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा चार जना नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिनु भएको हो ।
आज महावीर पुन, अनिल सिन्हा, मदन परियार र जगदीश खरेलले शपथ लिनु भएको हो।
सिन्हाले कानुन, न्याय तथा संसदीय मामिला, उद्योग वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको छ भने परियारले कृषि तथा पशुपंक्षी विकास, खरेलले सञ्चार तथा सूचना प्रविधि र पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ।


