विराटनगर। नेपाल सरकारले असोज १९ र २० गते देशभर बिदा दिएको छ। आज गृह मन्त्रालयले एक सूचना जारी गर्दै असोज १८ देखि २० गतेसम्म देशको विभिन्न भू-भागमा अति भारी वर्षाको सम्भावना रहेको भन्दै बिदा दिएको हो।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जारी गर्नु भएको सूचनामा अति भारी वर्षाको कारण देशभर बाढी, डुबान र भू-क्षयको जोखिमका कारण सडक तथा हवाई तथा यातायात प्रभावित हुने र मानवीय क्षति समेत हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयबाहेक देशभर असोज १९ र २० गते सार्वजनिक बिदा दिने निर्णय गरिएको उल्लेख गरिएको छ।
मन्त्रालयले उक्त अवधिभर अत्यावश्यक कार्य नगरी घरबाट ननिस्कन आग्रह समेत गरेको छ।


