विराटनगर। भदौ २३ र २४ गतेको जेन-जी आन्दोलन पछि बन्द भएको राष्ट्रिय परिचयपत्र दर्ता सेवा सुचारु भएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले आन्दोलन पछि स्थगित भएको राहदानी र परिचयपत्र सम्बन्धी सेवा सुचारु गरेको हो।
आन्दोलनको क्रममा प्रशासन कार्यालयको भवन र प्राविधिक उपकरणमा क्षति भएपछि प्रशासन कार्यालयले राहदानी र परिचयपत्र सम्बन्धी अत्यावश्यक सेवा इलाका प्रशासन कार्यालय उर्लाबारीबाट दिँदै आएको थियो।
जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख इन्द्रदेव यादवले विभिन्न सामाजिक र व्यावसायिक संस्थाहरूको सहयोगले कार्यालयको भौतिक संरचनाको पुनर्निर्माण गर्दै राहदानी र परिचयपत्र सेवा सुचारु गरेको जानकारी दिनु भयो। उहाँले हाल मोरङ जिल्लावासीलाई सेवा सञ्चालनमा ल्याएको भन्दै मोरङ जिल्लाबाहिरका लागि दिँदै आएको परिचयपत्र सेवा भन्दै स्थगित नै रहेको बताउनु भयो।


