विराटनगर। प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्को स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा डा सुधा शर्मा गौतम र युवा तथा खेलकुद मन्त्रीमा बब्लु गुप्ता नियुक्त हुनुभएको छ । आज प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शर्मा र गुप्तालाई मन्त्रीमा नियुक्त गर्नु भएको हो।
नियुक्त हुनुभएका दुवै मन्त्रीले आज शीतल निवासमा राष्ट्रपति पौडेल समक्ष पद तथा गोपनियताको सपथग्रहण गर्नु भएको छ।
स्वास्थ्य मन्त्री हुनुभएकी शर्मा पूर्व स्वास्थ्य सचिव र गुप्ता विभिन्न युवा तथा शिक्षा सम्बन्धी अभियानमा जोडिनु भएको अभियानकर्ता हुन्।
दुई मन्त्री नियुक्त भए सँगै कार्की मन्त्रिपरिषद् १० सदस्सीय पुगेको छ।


