विराटनगर। गभर्नेन्स इन्टरनेशनल नेपालको आयोजनामा संसदीय खुलापन, बाह्य पहुँच र प्रादेशिक अभ्यास सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। आज कटहरीस्थित कोशी प्रदेश सभा सचिवालयमा प्रदेशका सभामुख, उपसभामुख र प्रदेश सभाका सदस्य तथा कर्मचारीको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।
अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख अम्बरबहादुर विष्टले कोशी प्रदेशसभा संसदीय खुलापनका लागि उदार रहेको र त्यसै अनुसार व्यवहार भइरहेको बताउनु भयो । उहाँले कानुन निर्माण गर्दा सबै पक्षसँग छलफल गर्ने, सरोकारवालाहरुको कुरा सुन्ने, विज्ञसँग छलफल गर्ने, आवश्यक सूचना उपलब्ध गराउने आदि व्यवहार संसदले गरिरहेको भन्दै केही असहज भएको भए छलफल गर्न खुला रहेको प्रष्ट पार्नु भएको थियो।
अन्तरक्रिया कार्यक्रममा उपसभामुख सिर्जना दनुवार, प्रदेश सभाका सदस्यहरूले धारणा व्यक्त गर्नु भएको थियो भने प्रदेश सभाका सचिव सुदर्शन खड्काले संसदीय खुलापन सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नु भएका गभर्नेन्स इन्टरनेशनलका कार्यक्रम संयोजक सञ्जिव घिमिरेले जानकारी दिनु भयो।


