विराटनगर। कोशी प्रदेश सरकारको योजना आयोगको उपाध्यक्षमा विराटनगरका तारानाथ निरौला नियुक्त हुनु भएको छ। आज बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले निरौलालाई उपाध्यक्षमा नियुक्त गरेको हो ।
तत्कालीन उपाध्यक्ष डा.राजेन्द्र अधिकारीले राजीनामा दिएपछि निरौला उपाध्यक्ष नियुक्त हुनु भएको हो।
अधिकारीले गत कार्तिक २० गतेदेखि लागू हुनेगरी दिएको राजीनामा स्वीकृत गर्दै निरौलालाई नियुक्त गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस
सल्लाहकार बिक्रम लुईटेलले जानकारी दिनु भयो ।
विराटनगर महानगरपालिकाको पूर्व कर्मचारी निरौलासँग बैंकिङ क्षेत्रको अनुभव समेत छ।


