विराटनगर । कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको १३ औँ बैठकले संघीय सरकारबाट खटाइनुभएका सचिव डा. यदु चन्द्र घिमिरेलाई स्वाथ्य मन्त्रालयमा प्रदेश सचिवको रुपमा खटाउने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषदको बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले बताउनुभयो ।
उहाँका अनुसार बैठकले कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईलाई जनसम्पर्क समिति कुवेतबाट आएको निमन्त्रणामा जानका लागि संघीय सरकारसँग अनुमतिको सिफारिस गर्ने समेत निर्णय गरेको छ ।


