विराटनगर। आज विराटनगर महानगरपालिकाले महानगर क्षेत्रका विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ। सोमबार देखि सुरू भएको जेन-जीको प्रदर्शनलाई मध्य नजर गर्दै आज महानगरले विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलले विज्ञप्ति जारी गर्दै देशमा देखिएको विषम राजनीतिक परिस्थितिका कारण एक दिन महानगरका विद्यालय बन्द गर्ने उल्लेख गरिएको छ।
त्यस्तै, निजी तथा आवासीय विद्यालयका छाता संगठन (प्याब्सन) मोरङले पनि सोमबारको प्रदर्शनमा हत्या भएका विद्यार्थीहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आज विद्यालयहरूमा शोक बिदा गर्ने निर्णय गरेको थियो।


