विराटनगर। जिल्ला प्रशासन कार्यालय मोरङले अर्को सूचना जारी नभए सम्मका लागि सम्पूर्ण सेवा स्थगित गरेको छ। आज कार्यालयले एक सूचना जारी गर्दै प्रशासन कार्यालयले उपलब्ध गराउने सम्पूर्ण सेवा स्थगित गरेको हो।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले जारी गर्नु भएको हस्तलिखित विज्ञप्तिमा जेन-जी आन्दोलनको क्रममा कार्यालयमा तोडफोड र आगजनी हुँदा कार्यालयको अभिलेख र कागजातहरू नष्ट भएकोले सेवा अवरुद्ध रहने उल्लेख गर्नु भएको हो। विज्ञप्तिमा सम्भव भएसम्म कार्यालयले छिट्टै सेवा उपलब्ध गराउने समेत उल्लेख गरिएको छ।

जेन-जी आन्दोलनमा विराटनगरमा रहेका अधिकांश कार्यालयमा तोडफोड र आगजनी भएकोले अधिकांश कार्यालयको सेवा अवरुद्ध रहेको छ।


