विराटनगर । कोशी प्रदेश सभाको सचिव पदमा नियुक्त सुदर्शन खड्काले पद तथा गाेपनियताकाे शपथ लिनुभएको छ। आज कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टले खड्कालाई पद तथा गाेपनियताकाे शपथ दिलाउनु भएको हो।
खड्कालाई सभामुख विष्टकाे सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले सचिव नियुक्त गर्नु भएको थियो । उहाँकाे शपथग्रहण कार्यक्रम प्रदेशसभा सचिवालयकाे कटहरीस्थित नयाँ कार्यालयस्थलमा भएकाे हाे ।
नवनियुक्त सचिव खड्कासँग संघीय संसदमा लामो समय काम गरेको अनुभव छ । उहाँ २०५१ साल चैतमा शाखा अधिकृतको रूपमा संघीय संसद सेवामा प्रवेश गर्नु भएको थियो । त्यसपछि क्रमशः २०५९ मा उपसचिव, २०६७ मा सहसचिव हुँदै २०७७ मा सचिवमा बढुवा हुनुभएको थियो ।


