विराटनगर । आज नियुक्त हुनुभएका चार मन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालयमा आयोजित शपथ समारोहमा राष्ट्रपति पौडेलसमक्ष नयाँ चार जना मन्त्रीले शपथ लिनुभएको हो ।
शुक्रबार राष्ट्रपति पौडेलसमक्ष भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमार इङ्नाम, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी, वन तथा वातावरण मन्त्री माधवप्रसाद चौलागाई र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
शुक्रबारको मन्त्रिपरिषद् विस्तारसँगै सुशीला कार्की नेतृत्वको सरकार १४ सदस्यीय बनेको छ ।


